Saturday, March 28, 2009

My view


Me Durga Lamichhane,having a dream of fly on the sky of success through the way of struggle . If something is like God and s/he listens me 'Please give me all troubble of the world'.

list of parties

List of Parties





Communist Party of Nepal (Unified-Marxist- Leninist)
Nepali Congress
Rastriya Janasshakti Party
Rastriya Prajatantra Party
Janamorcha Nepal
Nepal Communist Party ( Maoist)
Nepal Majdoor Kisan Party(Nepal Workers and Peasants Party)
Samajbadi Prajatantrik Party Nepal ( Socialist Democratic Party Nepal)
Rastriya Janmorcha
Nepal Rastriya Bikas Party
Samajbadi Party Nepal
Rastriay Janamukti Party
Rastriya Prajatantra Party Nepal
Nepal Communist Party Ekikrit (Integrated)
Nepal Communist Party (Marxist-Leninist)
Rastriya Janata Dal
Nepal Communist Party Samyukta (United)
Nepal Samata Party
Dalit Jajati Party
Nepal Shadvawana Party ( Ananda Devi)
Hariyali Nepal Party
Nepal Communist Party Samyukta Marxbadi (United Marxist)
Shivasena Nepal
Madeshi Jana Adhikar Forum Nepal
Nepal Cooperative Party
Nepal Communist Party (Marxist)
Hindu Prajatantrik Party
Nawa Janabadi Morcha
Nepal Rastriya Janakalyan Party
Rastrabadi Milan Kendra Nepal Dal
Rastriya Bikas Party
Nepal Communist Party (Marxist -Leninist-Maoist Center)
Muskan Sena Nepal Party
Lig Nepal Shanti Ekata Party
Nepali Janatantra Party
Rastriya Jana Ekata Party
Nepal Jansangh Party
Prajatantrik Shakti Party
Nepal Janabhavana Party
Rastriya Jan Prajatantrik Party
Nepal Shanti Chhetra Parishad
Rastrabadi Yuba Morcha
Nepali Rastriya Janabhawana Party
Liberal Samajbadi Party (Liberal Democratic Party)
Prajatantrik Shanti Party
Nepali Janatadal
Nepal Rastriya Loktantrik Dal
Rastrabadi Ekata Party
Nepali Congress (Rastrabadi)
Prajatantrik Janamukti Party
Janamukti Party Nepal
Loktantrik janata Party Nepal
Nepal Jagriti Dal
Shasakti Nepal
Rastriya Janata Dal Nepal
Nepal Prajatantrik Yuba Party
Shanti Party Nepal
Nepal Janata Party
Nepal Bahudal Party
Lok Kalaynkari Janata Party Nepal
Shadbhavana Party
Terai-Madesh Loktantrik Party
Mangol National Organization
Nepal Samyabadi Dal
Nepal Pariwar Dal
Sanghiya Loktantrik Rastriay Manch
Nepa: Rastriya Party
Madhesi - Janadhikar Forum Madesh
Nepal-Loktantrik Samajbadi Dal
Nepal Sukumbashi party (Loktantrik)
Nepal Dalit Shramik Morcha
Churebhavar Rastriya Ekata Party Nepal
Tamsaling Nepal Rastriya Dal
Nawa Nepal Prajatantrik Dal

Wednesday, March 25, 2009


'पूर्व सभासद्......वसन्तपुर दरबार परिसरमा भिख माग्दै'

दुर्गा लामिछाने
काठमाडौँ चैत १३/
केहि दिन अघि एक टेलिभिजनले देखाएको भक्तपुरकी कान्छीमायामाथिको जघन्य अपराधले फेरी एकचोटी मेरो मन हल्लाएको छ । जतिजती दिनहरू बित्दैछन, समाज आधुनिक र सभ्य भनिने ढङ्गले विकसित हुँदैछ । त्यत्तिनै दूर्दिन बढ्दो छ वृद्धवृद्धाको । यो कुराले सानैदेखि मेरो मन छुन्थ्यो र अलिखित अध्ययन गरिरहन्थें ।

पछिल्लो समयमा काठमाडौँको वसन्तपुर दरवार परिसरमा वटुवा र चिनेजानेका मान्छेहरूसँग गफ गर्दै र दयावानहरूले दिएका २/४ रुपैयाँ जम्मा पारेर उसिनेको साग खादैँ बस्ने एक वृद्ध आमाका बारेमा अध्ययन गर्न म तीन चोटीसम्म त्यहाँ पुगें । उहाँ बाटोमा हिड्ने मान्छेले आत्मियताका साथ सोध्दा आफ्ना सबै कुरा भन्नुहुन्छ तर मिडियासँग बोल्न चाहनुहुन्न । कारण आफ्नी श्रीमती र छोराछोरीसहित आफ्नो घरमा सुख साथ बसेको छोराले सुन्यो भने र वरपरकाले थाहा पाए भने छोरालाई नराम्रो हुन्छ रे । त्यही छोरा, जसको बाबु बितेपछि तिनै आमाले दुःख गरेर पढाएकी थिइन् । पहाडमा दुःख भयो भनेर काठमाडौँ ल्याई आफूले अर्काको भाँडा माझेर पढाएकी थिइन र इलेक्ट्रिसियन बनाएकी थिइन् । हो, त्यही छोरा १२ वर्षदेखि आमाको खोजखबर बिना बसेको छ । अझ बाबु मर्ने बित्तिकै उमेर पुगेपछि भोगचलन गर्न मिल्नेगरी तिनै आमाले उसको नाममा गरिदिएको पहाडको जायजेथा पनि आफूखुसी बेचबिखन गरिसकेको छ ।

यता पचहत्तर कटेकी आमा एक भारी थाङ्ना-मुङ्ना र केही भाँडाकुँडासहित ठाउँर्सर्दै काल पर्खिंदै छिन् । हामी कहाँ एउटा भनाइ छ "साना छउञ्जेल मर्लान् भन्ने पीर, ठूला भएपछि मार्लान् भन्ने पीर" वास्तवमै यो उखान यथार्थ बनेको छ । भक्तपुरकी कान्छीमाया र वसन्तपुरकी ती आमा त यो समाजका प्रतिनिधि वृद्धवृद्धा मात्र हुन् । कोही फालिएका होलान्, कोही त्यागिएका होलान् र कोही घरभित्रै हेपिएका होलान् । चाहे जे होस्, ममता र अनुभवका खानी वृद्धवृद्धाको अवस्था साँच्चैनै नाजुक बनिरहेको छ । हामी आज बालक, युवा, महिला, दलित, जनजाति, मधेसी, पहाडी, थारू जे जति वर्ग र समुदायका नाममा आवाज उठाइरहेका छौं ति सबै आवश्यक त छन् नै साथमा यी सबैको साझा भविष्य भनेको बुढेसकाल नै हो । तर यसतर्फभने कसैको ध्यान जान सकेको छैन ।

देश संविधान निर्माणको क्रममा छ । सबै क्षेत्र, वर्ग र समुदायका भावनालाई समेट्ने संविधान निर्माणका लागि भनेर सभासद्हरू गाउँ-गाउँ पनि पुगेका छन् । यसका अलावा विभिन्न सङ्घसंस्थाले पनि आ आ-आफ्नो सम्बन्धित क्षेत्रका सुझावहरू समेटी एकमुष्ट रूपमा पनि दिइनै रहेका छन् र यो क्रममा हाम्रा सभासद् ज्यूहरूलाई प्रश्न गर्न चाहन्छु तपाईंहरू सोध्नु मात्र हुन्छ कि बुझ्नु पनि हुन्छ ? सुन्नु मात्र हुन्छ कि देख्नु पनि हुन्छ ? के सुझाव सङ्कलन टोली हरेक जसो मन्दिरका बाहिर आशामुखी बनेर माग्न र पशुपती, देवघाट जस्ता वृद्धाश्रममा बस्न बाध्य पारिएका वृद्ध वृद्धासम्म गइरहेको छ ? के आजका उनीहरूका र भोलीका आफ्नै नियतिलाई सुधार्न संविधानमा लेखिने केही बुँदा तयार भएका छन् - हामी कहाँ एक अर्को भनाइ छ "उँधी माया" । जब आफ्ना सन्तान जन्मन्छन् तब मान्छे उनैमा आफ्नो आश, गाँस र सास भर्दै जान्छन् । आफूले जीवनभर रगत पसिना बगाएर जोडेको सम्पत्ति बाँडी दिन्छन् । नदिउन पनि कसरी - जब हाम्रो कानुनले नै बाबु आमाले छोराछोरीलाई आफ्नो क्षमताले भ्याउनेसम्मको सेवा सुविधा नदिए जन्म र कर्म दिने बाबुआमाका विरुद्ध मुद्दा हालेर पनि अङ्श पाउने अधिकार दिएको छ भने । अनि त्यहि कानुनले आफ्नो क्षमता अनुसार बाबुआमालाई लालनपालन नगर्ने सन्तानलाई कुनै सजायँको व्यवस्था चाँही गरेको छ कि छैन ? यदि त्यस्तो व्यवस्था नै गरे पनि उँधी मायामा बगेका वसन्तपुर दरबार परिसरमा भेटिनु भएकी आमा जस्ता वृद्धवृद्धाले कानुनी बाटो अपनाउलान् ? नअपनाएको खण्डमा उनीहरूको जिम्मा कस्ले लिइदिन्छ ?

यस्ता विषयमा हिजोदेखि आजसम्मका सरकार, सडकमा उत्रेर चक्काजाम नगरेसम्म थाहा पाउँदैनन्, आवाज उठाउने भनेका अधिकारवादी सङ्घसंस्था पैसामुखी छन्, भने वृद्धवृद्धाका यी विषयमा चर्चा कस्ले चलाई दिन्छ ? यदि यस्तै पारा हो भने सधैं सन्तानकै सुख र खुसी चाहने अग्रज पुस्ताले भ्याए आफ्ना लागि र नभ्याए आफ्ना निष्ठुरी सन्तानकै लागि भए पनि सडकमै उत्रिनु पर्ने बेला भएको छ ।

किनकी तपाईं हामीले हाम्रा प्रतिनिधि बनाएर ठाउँमा पुर्याएकाहरू आफ्नो सुख सुविधा र सत्ता बाहेक अरु सोच्नेवाला छैनन् । हुन त उनीहरू सबैकै बुढेसकाल पनि कृष्णप्रसाद भट्टराइको झैं सुरक्षित त कहाँ छ र ? यदि अब बन्ने संविधानमा वृद्धावस्थाको सुरक्षाका लागि विशेष व्यवस्था गराउन सकिएन र त्यहि अनुसार कार्यान्वयनमा अघि बढिएन भने जनताका त कुरा छोडौं आजका छ सय एक सभासद् मध्ये कतिका सहारा विहिन बुढेसकालका कथा यिनै सञ्चार माध्यमले लेख्नु, सुनाउनु र देखाउनु पर्नेछ । र शीर्षक हुनेछ 'पूर्व सभासद् .........वसन्तपुर दरबार परिसरमा भिख माग्दै' ।